प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको चुनौती : ‘सक्नु हुन्छ भने केपी ओलीलाई हटाएर देखाउनुस्’ !
अखबार टुडे
प्रकाशित:
२०७७, १६ फाल्गुन

दमक, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन नेपाल प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइबबार आफ्नो गृहजिल्ला झापा पुगेर नेपाल ओली पक्षका अध्यक्ष समेत रहेका उनले आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौती दिएका हुन् ।
चाइना–नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्न गृह जिल्ला झापा पुगेका ओलीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएर आफूलाई प्रधानमन्त्री पदबाट हटाउने प्रयास गर्न थालेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘तपाइँहरुले मुद्दा लडेर प्रतिनिधिसभा पुनस्थापित गर्नु भएको छ, सक्नु हुन्छ भने केपी ओलीलाई हटाएर देखाउनुस् ।’
प्रधानमन्त्री ओलीले आजभोली प्रचण्ड–माधव राजीनामा दिनु पर्यो भन्दै आफूसँग हात जोड्न थालेको समेत दावी गरे । उनले भने, त्यसैले म भन्छु, ‘हिम्मत भए हटाएर देखाउ ।’
प्रधानमन्त्री ओलीले संसदबाट हटाए दुईतिहाइ मत ल्याएर देखाउने समेत बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘पहिले पनि अविश्वास राखेर हटाएको थियो । जनताबाट मत लिएर प्रधानमन्त्री भएको हुँ । फेरि हटाउन सक्नुभएछ भने हटाउनुस् जनताबाट दुईतिहाइ मत लिएर देखाउँछु ।’

टिप्पणी गर्न सिपालू प्रधानमन्त्री ओलीले उनले प्रचण्ड–माधव नेपाली जनताका लागि पिलोभन्दा बढी टनटन्नाउने गरेको आरोप लगाउँदै भने, ‘शान्ति, एकता देख्न नसक्ने । बल्लबल्ल एकता गरियो । त्यही पनि फुटाएर हिँड्ने । पद, पैसा, परिवार । जहिले पनि मलाई चाहियो ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड माधवप्रति कटाक्ष गर्दै थपे, ‘लड्डु खाँदै गर्दा हेलो, आँपको सहयोगको बहुतबहुत धन्यवाद ! कसलाई हो थाहा छैन, सुनियो त्यस्तो । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन् ।’

उनले प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद पार्न लागेको आरोप लगाउँदै आफू पनि यही देशमा रहेको नबिर्सन चेतावनी दिए । उनले भने, ‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स ।’ प्रधानमन्त्री ओलीले आफूले गल्ती नगरेपनि मुद्दा हार्दै जाने गरेको दावी गर्दै भने, ‘मुद्दा जिताएर मलाई कसैले प्रधानमन्त्री बनाएको होइन । जबसम्म नेपाली जनता साथमा हुन्छन्, जनताको आशीर्वाद रहन्छ । तबसम्म मुद्दा त के भो ? प्रतिनिधि सभा पुनःस्थापना भयो, के देख्नुभयो भन्दा चितवनको प्लेन चढेर काठमाडौँ आए ।’

प्रधानमन्त्री ओलीले केही दिनअघि सर्वोच्चको फैसलापछि प्रचण्ड र माधव नेपाल सभा छोडेर काठमाडौँ फर्किएकोमा व्यंग्य गरे ।
‘घर दक्षिणतिर छ, उनीहरु उत्तरतिर गए । सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन् ।’ प्रधानमन्त्री ओलीले आइतबार नै दमकलाई जोड्ने विभिन्न चार वटा पुलको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार नै दमकलाई जोड्ने विभिन्न चार वटा पुलको उद्घाटन गरेका छन् ।

प्रतिक्रिया