अदालतलाई धम्की दिएको दावी झुट : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, १६ फाल्गुन

काठमाडौं, १६ फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलंघन आफूबाट हुन नसक्ने बताएका छन् । अदालतको अवहेलना मुद्दामा आइतबार १० बुँदे लिखित जवाफ पेश गर्दै अध्यक्ष प्रचण्डले यस्तो स्पष्टिकरण दिएका हुन् ।
अध्यक्ष प्रचण्डले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग समेत गरेका छन्े । उनले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि उल्लेख गरेका छन् ।
जवाफमा भनेका छन्, ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्नँ ।’

प्रतिक्रिया