नेपाल खबर

ओली सुध्रिनु र बालुवा पेलेर तेल निकाल्नु उस्तै : अध्यक्ष नेपाल

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–मावध समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भएको बताएका छन् ।
नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अझैपनि केपी ओलीलाई सुधार्छु भन्दै लागिरहेका बताए । कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको स्मरण गर्दै अहिले फेरि ओलीलाई सुधार्न गौतमले नै कोशिस गरिरहेको तर आफूले ‘बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस्’ भनेको बताए ।
नेता नेपालले दुई तिहाईको संख्यामा भएको ठाउँमा ओलीले प्रीतनिधिसभा तुरुन्तै भङ्ग गरिदिएको बताउँदै भने, ‘किन भंग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । प्रधानमन्त्रीबाट हटाउने कुरा गर्ने को हो थाहा छ ? फेरि उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । केपी ओली खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो, केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर । अब अहिले पनि उहाँ फेरि कोशिस गर्दै हुनुहुन्छ ।’
अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि उनले बए । बरु ओली प्रवृति विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top