मोटोपनका किसिम : कुन बढी खतरनाक ?
अखबार टुडे
प्रकाशित:
२०७७, १५ फाल्गुन

काठमाडौं, १५ फागनु । जुनसुकै कारण होस्, मोटोपनलाई त्यति राम्रो मानिँदैन । यसले शरीर भद्दा देखाउनेमात्र नभई अनेक रोगको जोखिम बढाइदिन्छ । यद्यपि, मोटोपन के कारण बढेको हो ? वा कस्तो किसिमको मोटोपन हो ? त्यसबारे पनि जान्न जरुरी छ ।

खराब बोसो
बोसो तीन प्रकारको हुन्छ, सेचुरेटेड, पोलीसेचुरेटेड र मोनो अनसेचुरेटेड । अनसेचुरेटेड फ्याट शरीरको लागि राम्रो हुन्छ । यसलाई ‘गुड फ्याट’ भनिन्छ । जबकी सेचुरेटेड फ्याट स्वास्थ्यका लागि राम्रो मानिदैन । त्यती मात्र होइन, मोटोपन, टाइप २ डाइबिटिज, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर गराउन पनि यही नै कारक हुनसक्छ ।

सेतो बोसो
रिसर्च अनुसार सेतो बोसो पेट, हिप्स र जाँघमा जम्मा हुन्छ । सेतो बोसो अर्थात गुड फ्याट शरीरका लागि हानिकारक हुँदैन । रिसर्चले के देखाएको छ भने यसले कुनैपनि रोगको खतरा कम गर्छ । यद्यपि यसको पनि मात्रा धेरै भएमा हानिकारक हुनसक्छ । स्वस्थ शरीरकालागि गुड फ्याटको स्तर फिटनेस र शारीरिक गतिविधिमा निर्भर गर्छ ।

खैरो बोसो
खैरो बोसो स्नायु प्रणाली, मेरुदण्ड, गला र मिर्गौलाको आसपास हुन्छ । यो वयस्कको तुलनामा बालबच्चामा बढी हुन्छ । यसले नै शरीरलाई न्यानो बनाइराख्छ । किनभने यसले शरीरलाई न्यानो बनाइराख्नका लागि फ्याट्टी एसिड बर्न गरिराख्छ । रिसर्च अनुसार खैरो बोसोले धेरै उर्जा खर्च गर्छ, जो मोटोपन क मगर्नका लागि जरुरी हुन्छ । सेतो र खैरो बोसो शरीरको हरेक हिस्सामा सूचना पठाउनका लागि समेत मद्दत गर्छ, जसले गर्दा तपाईं सक्रिय रहनुहुन्छ ।

मिश्रित बोसो
भेज वा ब्राइट फ्याटले ब्राउन र ह्वाइट फ्याट कोशिकाको बीचमा काम गर्छ । यसले ब्राउन फ्याटका लागि भेज कोशिका बर्न गर्छ ।

जरुरी फ्याट
स्वस्थ रहनका लागि शरीरमा फ्याट जरुरी छ, जसले दिमाग, नसाको माथि पातलो झिल्लीको रुपमा काम गर्छ । यसका साथै हर्मोन नियन्त्रणकाका लागि पनि बोसोको अहंम भूमिका हुन्छ ।

भिसरल फ्याट
सबैभन्दा खरतनाक भिसरल फ्याट आन्द्रामा जम्मा हुन्छ र यसले रोगहरु निम्त्याउँछ । यसलाई बेली फ्याट पनि भनिन्छ । सामान्यत आन्द्रा, कलेजो, मिर्गौला र मुटुमा यो जम्मा हुन्छ । बिसरल फ्याटको सबैभन्दा ठूलो कारण भनेको क्यालोरी खानेकुरा लिनु नै हो ।

बिसरल फ्याट
बिसरल फ्याट कम गर्ने सबैभन्दा राम्रो उपाय हो, तपाईंले स्वस्थकर खानेकुरा खानु जरुरी छ । कार्ब्सको सेवन सकेसम्म कम गर्नुहोस् । यसका साथै एरोबिक, योग वा व्यायामलाई आफ्नो दैनिकीको हिस्सा बनाउनुपर्छ । किटो डाइट पनि भिसरल फ्याट घटाउनका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । खासगरी किटो डाइटले कार्ब्सबाट फ्याट विस्थापित गर्छ ।

प्रतिक्रिया