नेपाल खबर

भ्रष्टाचार नियन्त्रणमा नागरिकको सहयोगको खाँचो : प्रमुख आयुक्त राई

काठमाडौं, १५ फागनु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आग्रह र पूर्वाग्रहमा आफू नचल्ने बताएका छन् । शनिबार टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई कारबाही गरेरै छाड्ने उनले बताए ।

हालै मात्र अख्तियार प्रमुखमा नियक्त भएका राईले मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेको भन्दै आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको बताए । उनले भने, ‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन् । यहाँहरुको अपेक्षाअनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन ।’
आयोगलाई अझ प्रभावकारी रुपमा भ्रष्टाचारविरुद्ध निगरानी गर्ने निकायको रुपमा विकास गर्ने आफ्नो आफ्नो लक्ष्य रहेको बताउँदै उनले भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिकको समेत सहयोग खाँचो रहेको बताए । राईलाई बधाई दिन पुगेका काठमाडौं महानगरपालिका २९ का स्थानीय, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँग यस्तो बताएका हुन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top