नेपाल खबर

फागुन २३ मा प्रतिनिधिसभा बैठक बोलाउने सरकारको निर्णय

काठमाडौं, १४ फागुन । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन लागेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने बाध्यता भएकाले शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ मा बैठक बस्ने निर्णय गरेको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री डां शिवमाया तुम्बाहाम्फेले जानकारी दिएकी हुन् ।
त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने नेकपा केपी शर्मा ओली समूहले तयारी समेत गरेका छन् ।
उता, नेकपा प्रचण्ड–माधव समूह भने बैठक बोलाएको दिन नै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल गर्ने रणनीतिमा जुटेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top