ओलीले संसदीय दलको प्रमुख सचेतकबाट गुरुङलाई हटाए
अखबार टुडे
प्रकाशित:
२०७७, १४ फाल्गुन

काठमाडौं, १४ फागुन । नेकपा ओली पक्षले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।
नेपाल दुई खेमा भएपछि गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुर्नस्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ । यसैबेला ओलीले गुरुङलाई संसदीय दलको सचेतकबाट हटाएको हो ।

प्रतिक्रिया