सत्ता सहकार्यबारे नेकपा विभाजनको प्रष्टताको प्रतीक्षामा कांग्रेस
अखबार टुडे
प्रकाशित:
२०७७, १३ फाल्गुन

काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको प्रष्टतापछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने प्रमुख प्रतिपक्षी नपाली काँग्रेसले निष्कर्ष निकालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिए । उनले भने, ‘संसद्को बैठक बसोस् अनि परिस्थिती कसरी अगाडि बढ्छ, जसरी परिस्थिति अगाडि बढ्छ, त्यसैलाई मध्यनजर गर्दै री नेपाली कांग्रेसले निर्णय लिन्छ ।’ उनले कांग्रेस अहिले नै सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको बताए ।
बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको बताएका थिए ।

प्रतिक्रिया