अञ्जुले कसिन् थीरसँग लगनगाँठो (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७७, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् ।


दर्शक तथा श्रोताको लोकप्रिय गायिका अञ्जुले बुधबार पाटनस्थित एक चर्चमा थीर कोइरालासँग लगनगाँठो कसेकी हुन् । गायिका अञ्जुको यो दोस्रो विवाह हो । यसअघि उनले गायक तथा संगीतकार मनोज सिवासँग विवाह गरेकी थिए । मनोजसँग सम्बन्धविच्छेद गरेको लामो समयपछि अञ्जुले दोस्रो विवाह गरेकी हुन् ।

गायिका अञ्जु र थीरको जोडी गज्जबले देखिएको । विवाहको एक भिडियो अञ्जुले टिकटकमा शेयर गरेकी छन् । उनीहरुले विवाहमा डिल्लीबजारस्थित ‘कुसुम द बुटिक’ले तयार पारेको ह्वाइट गाउन पहिरिएका थिए । बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले डिजाइन गरेको सेतो रंगको गाउनले अञ्जु राजकुमारी जस्तै देखिएकी छन् । विवाहमा मात्र नभएर अञ्जुले एक वर्ष यता कुसुम बुटिकको पहिरन लगाउँदै आएकी छन् ।


गायिका अञ्जु र थीरले क्रिष्टियन कल्चरअनुसार विवाह गरेको बताइएको छ । उनीहरुको पहिरनले पनि त्यही प्रष्टिएको छ । थीर अञ्जु पन्त फाउण्डेशनको महासचिव समेत हुन् । लामो समयदेखि उनले अञ्जुलाई साथ दिँदै आएका थिए ।
गायिका अञ्जुको एक छोरी परितोषिका छिन् । परितोषिका आफ्नै आमाको गीतबाट महालैमात्र मोडलिङ डेब्यू गरेकी हुन् । अञ्जुले छोरीकै दवावले विवाह गर्नुपरेको यसअघि विभिन्न मिडियालाई बताएकी थिइन् ।

हेर्नुस् अञ्जु र थीरको विवाह तस्बिर

प्रतिक्रिया