निर्वाचन आयोगद्वारा चुनावी प्रक्रिया स्थगित
अखबार टुडे
प्रकाशित:
२०७७, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै निर्वाचन आयोगले निर्वाचनको सबै तयारी स्थगित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेको थियो । निर्वाचन मिति घोषणा भएसँगै प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनको तिव्र तयारी गर्न दवाव दिएका थिए । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेपछि निर्वाचनको तयारी स्गथित गरिएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैससलासँगै निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनैपर्ने समयको चाप अब हटेको बताएका छन् । उनले अब दल दर्ताका लागि सूचना निकाल्नु नपर्ने भएपछि आयोगलाई यस सन्दर्भमा केही समय उपलब्ध भएको बताए । उनले भने, ‘अब आजभोलि नै निर्णय लिनुपर्ने दबाब टरेको छ ।’ अब धारा ४५ अनुसार परेका निवदेनमाथि पनि आयोगले निर्णय लिने उनको भनाइ छ । अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै निर्वाचन नहुने पक्का भएको र चुनावसम्बन्धी सबै प्रक्रिया यहीबाट स्थगित हुने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया