ओली पक्ष स्थायी कमिटि बैठक : सर्वोच्चको फैसला स्वीकार
अखबार टुडे
प्रकाशित:
२०७७, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वोच्चको फैसला स्वीकार्दै अदालतले तोकेकै समयमा संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।
नेकपा ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । उनले भने, ‘फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ ।’ सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

प्रतिक्रिया