नेपाल खबर

हामी कायर होइन राजीनामा दिन : मन्त्री श्रेष्ठ


काठमाडौं, १३ फागुन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । ‘कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदैन’ बुधबार सिटिइभीटीको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कायर होइन राजीनामा दिन, कुनैपनि हालतमा राजीनामा आउँदैन ।’ मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मुलुक राजनीतिक संकटतर्फ धकेलिएको समेत दावी गरे ।
‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याँकन गर्नेछन्’ उनले भने, प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताउनुभएको छ ।’
उनले अदालतले गरेको निर्णयलाई सम्मान गर्ने बताउँदै भने, ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याँकन गर्नेछन् ।’
संसद् पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै उनले सपना बाँड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top