‘ठमेल बजारमा’ रमेशचन्द्र र सीता (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, ११ फाल्गुन

काठमाडौं, ११ फागुन । केही बर्षदेखि अमेरिका बसोबास गर्दै आएका चलचित्र निर्माता तथा नायक रमेशचन्द्र राईले अभिनय गरेको ‘ठमेल बजारमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका सुनिता थेगिम र अशोक मुकारुङको स्वर रहेको उक्त गीतको भिडियोमा नृत्य निर्देशक गोबिन्द राईको कन्सेप्ट रहेको छ । करबीर तामाङको शब्द र पदमराजन मगरको संगीत रहेको भिडियोलाई संजीत घिसिङले छायाँकन र सम्पादन गरेका छन् ।
भिडियोलाई सन्दीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा रमेशचन्द्र राईसँग सीता राईले अभिनय गरेकी छन् ।

प्रतिक्रिया