निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, ८ फाल्गुन

विराटनगर, ८ फागुन । प्रधानमन्त्री तथा ओली पक्षका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
नेकपा प्रदेश नं १ कमिटीद्वारा शनिबार यहाँ आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताए । उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे ।
चुुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपालाई विजयी बनाउनुपर्नेमा उनले जोड दिए । दुुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पुु¥याउन खोजेकाले आफूले जनताबीच जाने निर्णय गरेको उहाँले बताए ।
प्रधानमन्त्री ओलीले आफूले विसं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्को पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आपूmले पाउनुुपर्छ भन्नुु हठपना मात्र भएको तर्क गरे ।
नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादी गरिएको चर्चा गर्दै अध्यक्ष ओलीले प्रचण्ड फर्केर आए अझै नेकपामा स्थान रहेको बताए । संसद् पुनःस्थापना भए देशमा अस्थिरता उत्पन्न भइ सरकार बनाउने र ढाल्ने खेल चल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने राजनीतिको फोहरी खेल चलिरहन्छ’, उनले भने, ‘त्यसैले मुलुकको अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो ।’
प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे । उनले करकापमा परेर पार्टीबाट अलग भएकालाई पुुनःपार्टीमा आउन आग्रह गर्दै जनताले विश्वास गरेर संसद् र प्रदेशसभाको निर्वाचिनमा विजयी गराएर लगाएको धागो नटुुटाउन अनुरोध गरे ।
यस्तै, नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताए । जनसभामा उनले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकास विरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा समावेश हुन आग्रह गरे ।
कोभिडका कारण देश विषम परिस्थितिमा रहेका बेला फूटवादी सोच आउनु असमान्य भएको उल्लेख गर्दै उहाँले मुलकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएकाले सोविरुद्ध शुद्धीकरण अभियानअन्तर्गत जनसभाको आयोजना गरिएको बताए ।
प्रधानमन्त्री ओलीले विकास र समृद्धि, राजनीतिक स्थायित्वका लागि नयाँ निर्वाचनको लागि संसद्् विघटन गरेको दाबी गर्दै गृहमन्त्री थापाले भने, ‘नयाँ जनादेशका लागि जनतासमक्ष जानु लोकतान्त्रिक र अग्रगामी कदम हो । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न मेची महाकाली अभियान शुरु गरिएको हो ।’
जनसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रको फोहरी खेलबाट मुलुकबाट जोगाउन प्रधानमन्त्री ओलीको नयाँ जनादेशको निर्णय सही भएको बताए । उनले राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन कायम गर्न र विभिन्न वाधा व्यवधान पन्छाउन निर्वाचन अपरिहार्य भएको दाबी गरे ।
नेकपा स्थायी कमिटीका सदस्य एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले आगामी निर्वाचनलाई जानताले अनुमोदन गरेको बताए । उनले तराई, मधेश, पहाड हिमालका जनता र विविध संस्कृतिका जनता सडकमा उर्लेर यसलाई अनुमोदन गरेको तर्क गरे ।
जनताको उपस्थितिले प्रधानमन्त्रीको निर्णय सही हो भन्ने फैसला आएको छ’ भन्दै उनले यही फागुन १२ देखि १५ गतेभित्र सर्वोच्च अदालतको फैसला आउने बताए ।

प्रतिक्रिया