मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७७, ८ फाल्गुन

काठमाडौं, ८ फागुन । बाराको मालपोत कार्यालयका प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खनाल र बडाललाई ६ लाख घुस रकमसहित पक्राउ गरेको हो ।
शुक्रबार टंगालबाट खटिएको अख्तियारको टोलीले सिमरा उपमहानगरपालिका–२२ जर्गा होटलबाट दुबैलाई पक्राउ गरेको हो । दुबैले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस मागेको अख्तियारले जनाएको छ ।
अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार फास्ट ट्रयाकबाट गराएर जग्गा पास गराइदिने र सो गराइदिएबापत रकम माग गरिरहेको सूचनाका आधारमा गएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको बताए ।

प्रतिक्रिया