‘जतिखेर जेपनि हुन सक्छ’ भन्दै पार्टी पंक्तिलाई तयारीमा रहन अध्यक्ष प्रचण्डको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७७, ७ फाल्गुन

काठमाडौं, ७ फागुन । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिस्थितिमा जतिबेला जेपनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको आकस्मिक बैठकमा अध्यक्ष प्रचण्डले संक्षिप्त ‘ब्रफिङ’गर्दै जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहन निर्देशन दिएका हुन् । परिस्थिति अनुकूल संघर्ष समितिले तय गर्ने संघर्षका कार्यक्रम फेरिएको भन्दै उनले बदलिने परिस्थिति अनुसार अगाडि बढ्नुपरेको बताएका थिए ।
‘संघर्ष समितिले बनाएका संघर्षका कार्यक्रम बेलाबेला फेरबदल हुनुको कारण पस्थितिमा आएको फेरबदलले हो,’ केन्द्रीय सदस्यको जिज्ञासमा मेटाउने क्रममा प्रचण्डले बैठकमा भनेका थिए । बैठकमा सातै प्रदेशका इन्चार्जहरूले पार्टीको अवस्था र भावी रणनीतिको रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया