‘फूलबुट्टे सारी, सपक्कै पारी’ मदनकृष्णसँग मिथिला (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, ६ फाल्गुन

काठमाडौं, ६ फागुन । पछिल्लो समय चर्चामा रहेको नेपाली गीत ‘फूलबुट्टे सारी’को लिजेन्ड्री भर्सन पनि बजारमा आएको छ । हालैमात्र ‘चाइल्ड भर्सन’मा आएको उक्त गीतलाई ‘लिजेन्ड्री भर्सन’मा बरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले गाएका छन् ।
राजनराज सिवाकोटीको शब्द र संगीत रहेको ‘फूलबुट्टे सारी’ गायिका मिलन अमात्यले गाएपछि चर्चित बनेको थियो । यो गीत पछिल्लो समय यु–ट्युबमा सबैभन्दा धेरै हेरिएको छ ।


मेल, फिमेल र चाइल्ड भर्सनमा गाइएको यो गीत लिजेन्ड्री भर्सनमा बनाएइको हो । जुन गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र अभिनेत्री मिथिला शर्माले अभिनय गरेका छन् ।
यस भिडियोका लागि डिल्लीबजारस्थित कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले ड्रेस तयार गरेकी हुन् । पछिल्लो समय म्युजिक भिडियोहरुका लागि कुसुम द बुटिक चर्चित छ । अधिकांश कलाकार तथा मोडलले बुटिककी डिजाइनर कुसुम श्रेष्ठको क्रियशन रुचाउने गरेका छन् । राजेश पूमा राईले निर्देशन गरको यस भिडियोमा कलाकार मदनकृष्ण र मिथिला शर्माको जोडी गजबले जमेको छ ।

प्रतिक्रिया