टोकियो ओलम्पिक-२०२० : नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण
अखबार टुडे
प्रकाशित:
२०७७, ४ फाल्गुन

टोकियो, ४ फागुन (एजेन्सी) । टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् ।
टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो । मोरीको महिलामाथि लैङ्गिक विभेद् हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना भएपछि उनले गत हप्ता राजिनामा दिएका थिए ।
खेल आयोजकले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक पक्षको गहिरो ज्ञान भएको र खेलबारे विश्वव्यापी जानकारी रहेको तथा व्यवस्थापकीय कामका लागि क्षमतावान् तथा दक्षता नेतृत्व चयनका लागि पाँच मापदण्ड हुने र त्यो गुणले सम्पन्न व्यक्ति मोरीको उत्तराधिकारी चयन हुने छ ।’

प्रतिक्रिया