सपनाको उजूरीमा विनयजंग बस्नेत पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७७, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । उनलाई मंगलबार गंगबूबाट प्रहरीले पक्राउ गरेको हो ।
बिबीसीको विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया