भागरथी हत्या प्रकरण : एक संदिग्ध व्यक्ति पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७७, ४ फाल्गुन

बैतडी, ४ फागुन । दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ती व्यक्तिलाई शनिबार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको हो । यद्यपि, अनुसन्धानलाई असर गर्ने भन्दै उक्त व्यक्तिबारे कुनै जानकारी दिइएको छैन ।
भागरथीको हत्या भएको दिन ती व्यक्ति घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाइ छ ।
घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै छन् । उनी भारत भाग्न लागेको आशंका गरिएको छ ।
अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थलनजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया