आयोगलाई प्रचण्ड-माधव पक्षको प्रश्न ‘नेकपाको विवाद हल नगरी निर्वाचन कसरी हुन्छ ?’
अखबार टुडे
प्रकाशित:
२०७७, २ फाल्गुन

काठमाडौं, २ फागुन । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी निर्वाचन कसरी हुन्छ भनेर प्रश्न गरेको छ ।
आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलाएको थियो । सो क्रममा छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले यस्तो प्रश्न गरेका हुन् । उनले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको समेत बताए ।
प्रतिनिधिसभा विघटन भएसँगै दुई चिरा भएको नेकपाको दुबै पक्षले आफूलाई आधिकारिकता दावी गर्दै आएका छन् । उनीहरुले राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए । तर, आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय गरेपछि त्यसलाई नै आधार मानेर आफूहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको नेता पोखरेलले बताए । ‘दलको ६४ प्रतिशत मत भएको दलबारे टुंगो नगरी कहाँ गएर चुनाव गर्नुहुन्छ ? आयोगलाई उनको प्रश्न छ ।

प्रतिक्रिया