रेखाको ‘भ्यालेन्टाइन-डे’ झल्काउँने तस्बिरहरु…
अखबार टुडे
प्रकाशित:
२०७७, १ फाल्गुन

काठमाडौं, १ फागुन । १४ फ्रेबु्रअरी अर्थात ‘भ्यालेन्टाइन-डे’। युवाहरुले १४ फ्रेबु्रअरीलाई प्रेम दिवश अर्थात प्रणय दिवशका रुपमा मनाउने चलन चल्दै आएको छ । पश्चिमा यो संस्कृति पछिल्लो समय पूर्वीय मुलुकहरुमा समेत बढ्दै गएको छ ।

‘भ्यालेन्टाइन-डे’ बारेमा धेरै बताइरहनु पर्दैन किनकि, हरेक वर्ष १४ फ्रेबु्रअरीमामा मनाइने ‘भ्यालेन्टाइन-डे’बारे धेरै लेखिसकिएको छ । खाशमा भन्ने हो भने पछिल्लो केही वर्षयता यो पर्व युवाहरु विशेषगरी प्रेमिल सम्बन्धमा रमाउनेहरुका लागि विशेष मान्न थालिएको छ ।

र, सेल्रिब्रेटीहरु ‘भ्यालेन्टाइन-डे’को अवसरमा प्रेमिल पोजमा फोटोसुट गर्ने चलन पनि छ । तर, यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले ‘भ्यालेन्टाइन-डे’लाई पनि असर परेको छ । अझैपनि विश्वका कतिपय देशमा लकडाउन जारी छ । तर, नेपालमा भने खुला भइसकेको छ । तर, विगतका वर्षमा जस्तो कलाकार तथा मोडलहरुले ‘भ्यालेनटाइन स्पेशल’ फोटोसुट गरेको देखिएन ।

यसैक्रममा अभिनेत्री तथा मोडल रेखा फागो लिम्बूले यस वर्ष ‘भ्यालेन्टाइन–डे’ स्पेशल नभएपनि केही पोज फोटोसुट गरेकी छन् । ‘भ्यालेनटाइन–डे’ झल्काउने रेखाले यो फोटोसुट धरानमा गरेकी हुन् । बुटिक व्यवसायीमा समेत संलग्न रेखाले उपलब्ध गराएको केही तस्बिरहरु यसपटक ‘भ्यालेन्टाइन स्पेशल’ फोटोका रुपमा यहाँ प्रस्तुत गरेका छौँ ।

तस्बिर : विदेश लिम्बू

ड्रेस : आर स्क्वेर कलेक्शन बुटिक, धरान

मेकअप : पुनम मेकअप स्टुडियो ।

प्रतिक्रिया