फूलभन्दा कोमल प्रियंका (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, १ फाल्गुन

काठमाडौं, १ फागुन । नायिका प्रियंका कार्की एक शानदार म्युजिक भिडियोमा देखिएकी छन् । प्रियंका ‘पूmलभन्दा कोमल’ बोलको गीतको भिडियोमा देखिएकी हुन् ।
भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बनेकी छन् । प्रियंकाले विकेशको जोडी बनेर अनस्क्रिन रोमान्स गरेकी छन् । यो रोमान्टिक म्युजिक भिडियोमा प्रियंका र विकेशको जोडी सुहाउँदो छ ।
विभिन्न फिल्म तथा म्युजिक भिडियोमार्पmत आप्mनो कला देखाउँदै आएका विकेश लामो समयदेखि अभिनय, नृत्य, क्षमता अभिवृद्धिजस्ता कलाकारिताका लागि आवश्यक पर्ने विभिन्न विधाको तालिम र प्रशिक्षणपश्चात पूनः म्युजिक भिडियोमा देखिएका हुन् ।
म्युजिक भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बनेको छ । कविराजले यो गीतको म्युजिक भिडियोमा सधैंजस्तो दर्जनौँ कोरस कलाकार राखेका छैनन् । बरु यसपटक पात्र र लोकेशन केन्द्रित भएका छन ्। गहतराजले गीतको भावअनुसार प्रियंका र विकेशलाई म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् भने म्युजिक भिडियोलाई प्रेमिल ढंगले तयार पारेका छन् ।
भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ । हुस्सो लागेको समयदेखि मौसम खुलेको समयको चन्द्रागिरीसम्म दृश्य कविराजले भिडियोमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया