नेपाल खबर

प्रधानमन्त्रीलाई पूर्वजनुक्ति सेनाको चिन्ता : ‘हेर्नुस् त जनयुद्ध लड्नेहरुको अवस्था के छ ?’

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले उपलब्धी फागुन ३ गते सार्वजनिक गर्ने बताएका छन् । शनिबार बुटवलमा आफू निकट नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताउँदै भने, ‘हामीले असाधारण विकास गरेका छौँ, जुन कुरा पर्सी थाहा पाउनु हुनेछ ।’ उनले आफूले असाधाररुपमा गरिएको विकासबाट विरोधीहरु हडबढाएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले लामो समय प्रचण्डको विरोधमा समय खर्चिँदै भने, ‘युवाहरुले टाउकोमा कात्रो बोकेर लड्न हिँड्नुस् भनेर उक्साए, अनेक सपना देखाएर सत्तामा पुग्ने भर्याङमात्रै बनाए । हेर्नुस त अहिले जनयुद्ध लड्नेहरुको अवस्था के छ ?’ ओलीले पूर्वजनमुक्ति सेनालाई कम्तिमा पनि एक व्यक्ति एक रोजगारीको व्यवस्था गर्ने आश्वासन दिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top