बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै महिलाको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७७, १ फाल्गुन

काठमाडौं, १ फागुन । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा उत्रिएका युवतीले बलात्कारी र हत्याराहरुलाई सार्वजनिक गर्दै पीडितलाई न्याय दिन माग गरेका गरेका छन् ।
बागबजारस्थित पद्मकन्या क्याम्पसबाट माइतीघरसम्म मार्चपास गरी मण्डलामा पुगेर केही समय धर्ना दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरुले पछाडि मुखमा कालो टेप लगाएका थिए ।
महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडीतलाई न्याय दिन माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले ‘तिम्रा कानुन चाहिँदैन’, ‘छोरी मार्न पाइँदैन’, ‘हत्यारालाई सार्वजनिक गर’, ‘बलात्कारीलाई फाँसी दे’जस्ता नाराबाजी गरेका थिए ।
पछिल्लो समय देशमा गएको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाही नभएपछि त्यसको विरोधमा दोषीलाई कारबाही, पीडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभूति गर्न उनीहरुको माग छ । प्रदर्शनको अगुवाई पद्मकन्या क्याम्पसले गरेको थियो ।

प्रतिक्रिया