सडकमा प्रतिकात्मक शवसहित महिला मार्चपास
अखबार टुडे
प्रकाशित:
२०७७, ३० माघ

काठमाडौं, ३० माघ । सरकारको प्रतिगमन तथा महिलामाथिका हिंसा र विभेदविरूद्धका महिलाले काठमाडौंमा मार्चपास गरेका छन् । उनीहरुले प्रतिकात्मक शवसहित मार्च पासमा गरेका हुन् ।
कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका छन् । मार्चमा प्रतिकात्मक शव र मलामीसहित बसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेपछि सभामा परिणत भएको छ ।
पछिल्लो समय बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको र सरकारले यसैबेला तानाशाह प्रवृति देखाइरहेको भन्दै महिलाहरु त्यसको विरोधमा सिंहदरबार मार्च पास गरेका हुन् । यो मार्च पासको अगुवाइ ‘बृहत नागरिक आन्दोलन’ले गरेको छ ।

प्रतिक्रिया