आज सोनाम ल्होसार : सरकारले दियो सार्वजनिक विदा
अखबार टुडे
प्रकाशित:
२०७७, ३० माघ

काठमाडौं, ३० माघ । आज सोनाम ल्होसार । सरकारले यस वर्ष सार्वजनिक विदा दिएको छ । ग्याल्बो ल्होसारका रुपमा समेत भनिने यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।
अघिल्लो वर्ष बिदा कटौती गरेको सरकारले यसपालि सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका लागि देशैभर बिदा दिएको छ । विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया