अमेरिकी टिकटक स्टार डेझरियाले किन आत्महत्या गरिन् ?
अखबार टुडे
प्रकाशित:
२०७७, ३० माघ

न्यूयोर्क, ३० माघ (एजेन्सी) । अमेरिकी टिकटक स्टार डेझरिया शेफरले आत्महत्या गरेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो अन्तिम भिडियो पोस्ट गरेपछि आत्महत्या गरेको बताइएको छ । उनले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै लेखिन्, ‘मलाई थाहा छ, म तपाइँहरु सबैलाई दुःख दिइरहेकी छु र यो मेरो अन्तिम पोस्ट हो ।’
डेझरियाको टिकटकमा Bxbygirlldee नामको अकाउन्ट थियो, जसमा उनका लाखौँ फलोअर्स थिए र युट्युब र इन्स्टाग्राममा १ लाख फलोअर्स थिए । डेझरियाले सोमबार बताए अनुसार उनलाई जानकारी नै नदिइ उनलाई टिकटकमा ब्लक गरियो ।
डेझरियाका आमा–बुवाले फेसबुक पोस्ट सेयर गर्दै उनको आत्महत्याबारे जानकारी दिएका थिए । उनका पिता जोसेफले उनकी छोरी उनको सबैभन्दा मिल्ने साथी भएको र उनको अन्तिम संस्कार गर्न कुनै पनि हालतमा तया नभएको बताएका छन् । उनले भने, ‘उनले मसँग आफ्नो तनाव र विचारबारे कुरा गर्नुपर्दथ्यो । हामी केही गर्न सक्थ्यौं । जब हामी घर फर्कन्छौं तब त्यहाँ तिमी हामीलाई प्रतिक्षा गरिरहेको हुने छैनौँ । म ती सबैलाई धन्यवाद भन्न चाहन्छु जसले मेरी छोरीलाई प्रेम र समर्थन दिनुभयो ।’
डेझरियाकी आमाले भनिन्, ‘म निकै हतोत्साहित भएकी छु । म साँच्चै नै यो विश्वास नै गर्न सकिरहेको थिइनँ किनभने उनको चुलबुले पनका कारण हामी सबैसँग ठट्टा गरिरहेको हो कि भन्ने मलाई लागिरहेको थियो, तर यस्तो होइन रहेछ । रेस्ट इन पिस, मेरी परी । सबैले हाम्रो खराब समयबारे कुरा गर्छन् तर कसैले पनि हाम्रो राम्रो समयबारे कुरा गर्दैनन् ।’

प्रतिक्रिया