नेपाल खबर

‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौँ’

काठमाडौं, २९ माघ । नेतृ रामकुमारी झाँक्री रिहा भएपछि प्रतिगमन झुक्न सुरु भएका प्रतिक्रिया दिएकी छन् । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्री सञ्चारकर्मीसँग भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौँ ।’
नेतृ झाँक्रीलाई बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पूर्जी थमाएर पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनी रिहा भएकी हुन् ।
रिहाइपछि सञ्चारकर्मीहरुसँग उनले आफू विना शर्त रिहा भएको बताइन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पु¥याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top