नेतृ रामकुमारी झाँक्री रिहा
अखबार टुडे
प्रकाशित:
२०७७, २९ माघ

काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार साँझ नै प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरेको हो ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार शंखमूलस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । उनलाई करिब ३ घण्टा अपराध अनुसन्धान विभागमा राखिएको छ ।
प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो । नेकपाको केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत रहेकी झाँक्रीको पक्राउलाई लिएर चौतर्फी विरोध सुरु भएको थियो । उनको पक्राउलाई लिएर प्रचण्ड–नेपाल पक्षसहित, नेपाली काँग्रेस, विभिन्न दलका नेता, अधिकारकर्मीलगायतले विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए । यस्तै केपी ओली नेतृत्वको सरकारको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया