नेतृ झाँक्री गिरफ्तार : भनिन्, ‘तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ’
अखबार टुडे
प्रकाशित:
२०७७, २९ माघ

काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गरेको छ । नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाँक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको सरकारी पक्षको आरोप छ । पक्राउ पर्नुअघि उनले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन । उनले भनिन्, ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै हो ।’ सउनले प्रतिगमनविरुद्ध लडिरहने पनि बताइन् ।
बिहीबार बिहानै उनको निवासमा प्रहरी पुगेपछि उनका समर्थकले चर्को नाराबाजी गरिहेका छन् । यसैबीच नेतृ झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो । उनलाई राज्यविरुद्धको कुसर लगाइएको छ ।

प्रतिक्रिया