वर्तमान संकट समाधानको विकल्पसहित चार कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै
अखबार टुडे
प्रकाशित:
२०७७, २९ माघ

काठमाडौं, २९ माघ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी विभाजित भएर सडक संघर्ष गरिरहेका बेला चार साना कम्युनिष्ट पार्टीहरुले रणनीति कार्यक्रमको घोषणा गर्दैछन् । रणनीतिक मोर्चामा आबद्ध प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार पार्टीले बिहीबार संघर्षका कार्यक्रम घोषणा गर्न लागर्न लागेका हुन् ।
मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव समूह, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल आबद्ध छन् ।
मोर्चाले आज मध्याह्न काठमाडौंको कमलादीमा घोषणासभा गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ले जानकारी दिए । उनका अनुसार अहिलेको संकटको समाधानको विकल्पसहित संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै उनले संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएको बताए ।
वैदेशिक शक्तिको आड, भरोसा र इसारामा ओली सरकारले संसद् विघटन गरेको भन्दै चार साना कम्युनिस्ट पार्टीहरुले संसद विघटन गर्ने कदम पार्टीको आन्तरिक मामिला नभएको बताएका छन् ।

प्रतिक्रिया