बुटवलमा बढाइयो सुरक्षा सर्तकता
अखबार टुडे
प्रकाशित:
२०७७, २९ माघ

बुटवल, २९ माघ । बुटवलमा कडा सुरक्षा सर्तकता बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बुटलव आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रधानमन्त्री ओली यहि १ फागुनमा हुने जनसभालाई सम्बाधेन गर्न बुटवल आउने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएकाले सुरक्षा सर्तकता बढाइएको प्रदेशका सुरक्षा निकायहरुले सुरक्षा चासो बढाएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी रविन्द्रबहादुर धानुकले बताए ।
उनका अनुसार बदलिँदो राजनीतीक परिस्थितिसँगै प्रदेशको शान्ति सुरक्षाका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले सुरक्षा निकायबीच आपसमा समन्वय गरेर प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न यो गोष्ठीले थप सहयोगी भूमिका खेलेको र समन्वयको वातावरण बन्दै जाने विश्वास समेत व्यक्त गरे ।
सुरक्षा गोष्ठिमा राजनितिक परिवेशसँगै शान्ति सुरक्षाका चुनौती, प्रतिबन्धित विप्लव समूहका गतिविधि, सीमामा हुने आपराधिक कृयाकलाप, चोरी निकासी नियन्त्रण, चुरे दोहन, अनावश्यक खोला दोहनदेखि गैरकानुनी काम बन्द गर्न सुरक्षा निकायहरुका बीचमा आपसी समन्वयसँगै सूचना आदानप्रदान गर्ने विषयमा प्रभावकारी छलफल भएको थियो ।
डिआइजी धानुकले सुरक्षा निकाय बीचको आपसमा सम्बन्ध सुधारसँगै सूचना आदानप्रदान गर्ने विषयमा कुराकानी भएको बताए । आफू प्रदेश प्रहरीको नेतृत्वमा आएपछि शान्ति सुरक्षाका धेरै कामहरु भएको र सुरक्षामा सुधार आएसँगै बलियो सुरक्षाको जग बसेको उल्लेख गरे ।
उक्त कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी सञ्जय थापा, डिआइजी धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिलकुमार ढकाललगायत नं. १९ र नं. २२ बाहिनीका बाहिनीपतिहरु समेतको उपस्थिती रहेको थियो ।
फागुन १ गते ओली पक्षको नेकपाले जनसभा गर्दैछ । उक्त सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
ुकाम सिमकोट आसपासका गाउँबाट सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।
हेल्दुङ वितरण केन्द्र हुम्लाले बर्सेनि विभिन्न बहानामा मर्मतका लागि भन्दै लाखाँै रकम खर्च गर्ने गरेको छ । यता सेवाग्राही पुरानै सल्लाको दियालो बालेर दैनिकी चलाउन बाध्य छन् ।

प्रतिक्रिया