यो हो नि संस्कार : सभा सकिएपछि सफा चट्ट
अखबार टुडे
प्रकाशित:
२०७७, २८ माघ

काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको विरोधसभापछि फोहोर कार्यकर्ता तथा स्वयंम सेवकले सफा गरेका छन् । यो पछिल्लो समय नेपाली राजनीतिमा देखिएको सकरात्मक संंस्कार हो ।
बुधबार नेकपाले काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधिसभा विघटसभा विघटनविरुद्ध बेहत विरोधसभा गरेका थियो । सभा सकिनेवित्तिकै कार्यकर्ताहरुले सडक बढारेका थिए ।
सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् ।
यसअघि नेकपा ओली पक्षको जनसभामा पनि यस्तै गरिएको थियो । यही २३ माघमा ओली नेकपा पक्षले दरबारमार्घमा शक्ति प्रदर्शन गरेको थियो । सभा सकिएपछि कार्यकर्ताले सडक बढारेका थिए ।
यस्तै, बुधबार पनि नेकपा प्रचण्ड–माधव समूहको विरोधसभा सहभागीले गरेको फोहोर स्वयंम सेवक तथा कार्यकर्ताले नै सफा गरे । यो सकरात्मक संस्कार हो । बुधबार आयोजना गरिएको विरोधसभामा हजारौँको सहभागिता रहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया