बहसको बिहीबार अन्तिम दिन : प्रधानमन्त्रीका वकिलले ‘श्रीमान् बहस गर्दिनँ’ भनेपछि…
अखबार टुडे
प्रकाशित:
२०७७, २८ माघ

काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटनको मुद्दाको कहस बिहीबार सकिँदै छ अर्थात भोली बहसको अन्तिम दिन हो । बुधबार पनि प्रतिनिधिसभा विघटनसम्बन्धी बहस भएको छ । सोक्रममा प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता टिकाबहादुर कुँवरले बहस सुरु गर्दागर्दै भने, ‘श्रीमान् बहस गर्दिनँ्, मेरो नाममात्र टिपाउनका लागि निवेदन गर्छु ।’
बेन्च उठ्ने भएपछि अधिवक्ता निरौलाले प्रधानन्यायाधीशसँग बेन्च असिस्टेन्टलाई नाम टिप्न निर्देशन दिएपछि इजलासमा बुझाएपछि प्रधानमन्त्रीका वकिलहरु तछाड–मछाड गरेर नाम टिपाउन बेन्चतर्फ लम्किएका थिए ।
नाम टिपाउने वकिलको ताँती लागेपछि प्रधानन्यायाधीशले भने, ‘नाम टिपाएपछि फेरि भोलि बहस गर्न पाउनुहुन्न् नि ।’ त्यसपछि एकजना वकिलले आफ्नो नाम मेटाउन आग्रह गर्दै भोलि नै बहस गर्ने बताए । प्रधानमन्त्रीका वकिल काशिनाथ मरासिनी, बोलाराम पाण्डे र राजाराम घिमिरेसहित १० जनाभन्दा बढी वकिलले नाम टिपाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्न लयर्स पोडियमतर्फ लम्किएका अधिवक्ता भुवनप्रसाद निरौलाले बहस सुरु गर्दा गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भित्ताको घडीमा हेर्दै भनेका थिए, ‘अब तपाइँहरुको तर्फबाट अन्तिम अन्तिम भयो होला, भोलि गरौँला ।’
प्रधानमन्त्रीको तर्फबाट बिहीबार अन्तिम बहस हुनेछ । प्रधानन्यायाधीशले बिहीबार चिया ब्रेकअघि बहस सिध्याउन प्रधानमन्त्रीका कानुन व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको तर्फबाट बिहीबार बहस सक्काउने अधिवक्ता रमेश बडालले बताए ।

प्रतिक्रिया