तस्बिरमा प्रतिगमनविरुद्ध नेकपाको विरोधसभा
अखबार टुडे
प्रकाशित:
२०७७, २८ माघ

काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोधसभा भृकुटीमण्डपमा सुरु भएको छ । काठमाडौंलगायत विभिन्न जिल्ला तथा स्थानबाट सभामा सहभागी भएका छन् । आजको प्रतिगमन विरुद्धको विरोध सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका १४ जनाले सम्बोधन गर्दैछन् । आजको यस विरोध सभा निर्णायक हुने नेकपाले जनाएको छ । सभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित प्रचार गरिएको थियो ।

प्रतिक्रिया