तीनको मौसम पूर्वानुमान : सामान्य बदली तथा वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७७, २८ माघ

काठमाडौं, २८ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हँुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । बिहीबार पहाडी भूभागमा आँशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार देशभर आँशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया