आज प्रचण्ड-माधव समूहको आमसभा, दुई लाख कार्यकर्ता उतार्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७७, २८ माघ

काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत यो समूहले काठमाडौंको भृकुटीमण्डपमा आमसभा गर्न लागेको हो । उक्त विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । अहिले ११ बजेदेखि सुरु हुने ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य ¥याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड–माधवले गर्नेछन् ।
विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ । शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए । यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।

प्रतिक्रिया