प्रधानमन्त्रीद्वारा निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्ने गरी तयारी गर्न आयोगलाई आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, २७ माघ

काठमाडौं, २७ माघ । सरकारले आगामी १७ र २७ बैशाखमा तोकिएको निर्वाचन समयमा सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् । यसअघि नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन हुन नसक्ने भन्दै आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीबारे जानकारी लिएका थिए । उनले आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ ।

प्रतिक्रिया