मन्त्रिपरिषदको निर्णय : सुरुमा ४० जिल्ला र २७ गते बाँकी जिल्लामा निर्वाचन
अखबार टुडे
प्रकाशित:
२०७७, २७ माघ

काठमाडौं, २७ माघ । सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
यसैबीच निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली मंगलबार आज ११ बजे निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् ।

प्रतिक्रिया