प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै
अखबार टुडे
प्रकाशित:
२०७७, २७ माघ

काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न आज मंगलबार निर्वाचन आयोग जाँदैछन् ।
निर्वाचनसम्बन्धी समग्र विषयहरुमा छलफल गर्न प्रधानमन्त्रीसहितको टोली निर्वाचन आयोग जान लागेको ओली समुहका नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार ‘प्रधानमन्त्रीसहित ११ बजे आयोग पुग्ने कार्यक्रम छ ।
नेकपामा देखिएको विवादबारे छलफल गर्न निर्वाचन आयोगले ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५–५ जना नेतासहित आयोग आउन भनेको थियो । आयोगले दुवै अध्यक्षलाई बोलाएपनि दुवै पक्षले प्रतिनिधि मात्र पठाएका थिए ।

प्रतिक्रिया