जब भजनमा देखिइन् प्राश्ना शाक्य (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, २६ माघ

काठमाडौं, २६ माघ । श्री स्वस्थानी व्रतबारे लोकप्रिय गायिका प्राश्ना शाक्यले भजन ल्याएकी छन् । अम्बिका शाक्यको शब्द रहेको ‘जयश्री स्वस्थानी माता’ बोलको भजनमा किरण कँडेलले संगीत तथा एरेन्ज रहेको छ ।
उक्त भजन भिडियोमा प्राश्ना स्वयंमले अभिनय गरेकी छन् भने गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठलगायतका गायिकाहरु पनि भिडियोमा देखिएका छन् ।
प्रशान्त क्रियसनको पोस्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा सीता पराजुलीको मेकअप र प्रशान्त तामाङको निर्देशन रहेको छ । यस भिडियोलाई गायिका प्राश्ना शाक्यको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया