युद्ध र क्रान्तिले जिते ‘द फेस’ अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७७, २६ माघ

काठमाडौं, २६ माघ । ब्यवसायिक मोडल जन्माउने उद्देश्यले आयोजित मोडलिङसम्बन्धि प्रतियोगिता ‘द फेस’मा पुरुष मोडलतर्फ युद्ध बानियाँ र महिला मोडलतर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन् । ललितपुरको झम्सिखेलमा सम्पन्न ग्रान्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीलाई उछिन्दै युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि जित्न सफल भएका हुन् ।
यस्तै, प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शितल श्रेष्ठ, सेकेन्ड रनरअप उपाधि स्विकृति प्याकुरेल र हेमन जोशीले जितेका छन् । यसैगरी ‘द फेश’को अन्य उपाधितर्फ बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशी, पब्लिक च्वाईससँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारी, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले पाए ।
क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठ, बेस्टस्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बराल, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारी, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले पाए ।
वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको सो प्रतियोगिताको निर्णायकमा अभिनेता अनुपबिक्रम शाही, मोडल सृजना रेग्मी, क्रिकेटर बिनोद दास, अग्रज फोटोग्राफर राजभाई सुवाल थिए ।

प्रतिक्रिया