‘विश्व कीर्तिमानी’ राज्यमन्त्रीको काठमाडौंमा यसरी गरियो स्वागत
अखबार टुडे
प्रकाशित:
२०७७, २५ माघ

काठमाडौं, २५ माघ । गीत गाएर ‘विश्व कीर्तिमानी’को प्रमाण पत्र ग्रहण गर्न नयाँदिल्ली पुगेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर दिल्लीमा भेटघाटपछि काठमाडौंमा फर्केपछि भव्य स्वागत गरिएको छ ।
राज्यमन्त्री मानन्धरले यही गएको २० डिसेम्बर २०२० मा चार घण्टा पाँच मिनेट २० सेकेण्डको अवधिमा विभिन्न ५९ वटा गीत गाएर ‘वल्र्ड बुक अफ रेकर्ड’ मा नाम लेखाएका राज्यमन्त्री मानन्धर सोमबार प्रमाण पत्र ग्रहण गर्न नयाँदिल्ली पुगेका हुन । काठमाडौंको अष्टनारायण सिनेमा हलमा आयोजित एकल कन्सर्टमा उनले नेपाली र नेपाल भाषाका गीतहरु नन स्टप गाएर यो कीर्तिमान कायम गरेका हुन । मानन्धर गीत गाएर विश्व रेकर्ड कायम गर्ने विश्वकै पहिलो वहालवाला मन्त्री बनेका छन ।

भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री मानन्धरले भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेबाट ‘वल्र्ड बुक अफ रेकर्ड’को प्रमाणपत्र ग्रहण गरेका थिए । त्यसपछि भेटघाटमा व्यस्त भएका उनले बिहीबार भारतका खाद्य प्रशोधन राज्यमन्त्री रामेश्वर तेलीसँग भेट गरेका छन र अन्य भारतिय नेताहरुसँग पनि बाक्लै भेटघाट गरेको थियो । उक्त भेटमा नेपाल–भारतबीचको सम्बन्धबारे छलफल भएको थियो ।
काठमाडौं एयरपोर्टमा उहाँको स्वागतमा मेयर विद्या सुन्दर शाक्य र जनप्रतिनिधिहरुले बाजागाजा सहित भव्य स्वागत गरिएको थियो साथै ‘वल्र्ड बुक अफ रेकर्ड’का नेपालस्थित अध्यक्ष सागर कटवाल र अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया