विहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या
अखबार टुडे
प्रकाशित:
२०७७, २५ माघ

काठमाडौं, २५ माघ । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा एक नेपाली बालिकामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको छ । बीबीसीका अनुसार हत्यापछि उनको शव जबरजस्त जलाइएको थियो ।
प्रारम्भिक अनुसन्धान तथा एउटा भाइरल भिडियोले सम्पूर्ण घटनामा स्थानीय थानाका थानाध्यक्षको मिलेमतो रहेको संकेत गरेका छन् । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए ।
नेपालबाट भारतको मोतिहारीस्थित चैनपुरमा गएर मजदूरी गर्दै आएका सुरेश (परिवर्तित नाम)का अनुसार यो घटना २१ जनवरीको हो । त्यस दिन बेलुका ४ बजेतिर छोरा बजारबाट फर्किँदा घरमालिक सियाराम साहले उनलाई रोकेका थिए । उनका अनुसार त्यसपछि त्यहाँ अभियुक्तका मानिसहरु जम्मा भएका थिए । उनीहरुले लाशलाई तुरुन्तै जलाउन दबाब दिन थाले ।
सुरेशले निवेदनमा भनेका छन्, ‘देवेन्द्रकुमार साहले लाश तुरुन्त जलाउन धम्की दिंदै भने कि अन्यथा तेरो छोराको पनि हत्या गरेर नेपालमा लगी फ्याँकिदिनेछु । त्यसपछि एउटा सादा कागजमा मेरो औंठा छाप लगाइयो र राति १२ बजे बलजफ्ती पोखर रोडमा सडकको किनारमा नून र चिनी हालेर लाश जलाइयो ।’
२१ जनवरीमा भएको घटनाको प्रारम्भिक उजुरी २ फेब्रुअरीमा मात्रै दर्ता भयो । कुल ११ जनालाई अभियुक्त बनाइएको छ, जसमा चार अभियुक्त विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ ।
एफआईआर दर्ता भएपछि गत ५ फेबु्रअरीमा एउटा अडियो भाइरल भएको थियो । उक्त अडियोमा २१ जनवरीमा कुँडवा चैनपुरका थानाध्यक्ष संजीवकुमार रञ्जन र एक अभियुक्त रमेश साहबीचको कुराकानी सुन्न सकिन्छ ।

प्रतिक्रिया