नेपाल खबर

राज्यमन्त्री मानन्धर र उत्तर प्रदेशका उप-मुख्यमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौं, २४ माघ । प्रतिनिधिसभा विघटनपछि देशमा आन्दोलनको ज्वाराभाट उठिरहेका बेला सरकार एक राज्यमन्त्री भने भारतमा भेटघाट र छलफलमा व्यस्त छन् । गत सोमबार एक औपचारिक कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारतका मन्त्री र मुख्यमन्त्रीहरुसँग शिष्टाचार भेटघाट गरिरहेका छन् ।
यसैक्रममा राज्यमन्त्री मानन्धरले शुक्रबार उत्तर प्रदेशका उप मुख्यमन्त्री दिनेश शर्मासँग लखनाउमा उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । यसअघि उनले भारत सरकारका अन्य मन्त्रीहरुसँग पनि भेट तथा वार्ता गरिसकेका छन् ।
उत्तर प्रदेशका उप मुख्यमन्त्रीसँगको भेट कुनै राजनीति उद्देश्य नभएको बताइएको छ । उक्त भेटमा साउथ एसियन चेम्बर्स अफ इन्ष्टिच्यूट नेपाल चेम्बर्सका अध्यक्ष सागर कटवाल, पिएएचडी अफ चेम्बर्स इन्डष्ट्रिका मनिष खेम्कालगायतको उपस्थिति थियो ।
राज्यमन्त्री मानन्धरले लागातार चार घण्टाभन्दा बढी गीत गाएर ‘विश्व कीर्तिमानी’ कायम गरेका थिए । सोही कीर्तिमानीको प्रमाण पत्र ग्रहण गर्न उनी गत सोमबार भारत गएका हुन् ।

Click to comment
To Top