नेपाल खबर

आन्दोलनको आँधीबेहरी ल्याऔँ भने एक हप्ताभित्र ओलीले घुँडा टेक्छन् : डा भट्टराई

धनकुटा, २४ माघ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा डा. यस्तो आह्वान गरेका हुन् र
पूर्वप्रधानमन्त्री समेका रहेका डा. भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद बिर्सेर आन्दोलनमा आउन आवश्यक रहेको बताए । उनले भने, ‘कांग्रेस, नेकपा माधव–प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशीललगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्यौँ भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन् ।’ उनले ओलीको प्रतिक्रान्ति सच्याउने २०६२ र ०६३ को जस्तै १९ दिन आन्दोलन गर्नु नपर्ने बताए ।
डा. भट्टराईले भने, ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौँ, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौँ ।’ उनले कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाएपनि केन्द्रीय नेताहरु अल्मलिएको बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top