पल र कविताको ‘तिमी छौं र त’ (भिडियो)
प्रकाशित:
२०७७, २४ माघ

काठमाडौं, २४ माघ । नायक पल शाह र नायिका कविता रोय अभिनित म्युजिक भिडियो ‘तिमि छौं र त’ सार्वजनिक भएको छ । कमल खत्री र अश्मिता अधिकारीको स्वर रहेको यस गीतमा शब्द संगीत पनि कमल खत्रीकै रहेको छ ।
चितवनको रमणीय स्थानहरुमा छायाँकन गरिएको यस गीतलाई हरि हुमागाइँले निर्देशन गरेका हुन् । हाल छायाँकन भइरहेको चलचित्र ‘चोर र पुलिस’मा नायिकाको भूमिका निभाईरहेकी कविताले सिनेमाको छायँकनमा ब्रेक लिएर यस म्युजिक भिडियोलाई समय दिएको बताइन् ।
करिब एक दर्जनभन्दा बढी म्युजिक भिडियो र थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका तथा मोडल कबिता रोय नेपाली कलाकारितामा राम्रो स्थान बनाउने नायिकाको सूचिमा पर्छिन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?