ज्याकलिनले किनिन् प्रियंकाको घर
अखबार टुडे
प्रकाशित:
२०७७, २४ माघ

काठमाडौं, २४ माघ । बलिउड अभिनेत्री प्रियंका चोपडाको घर अर्की अभिनेत्री ज्याकलिन फर्नान्डेजले खरिद गरेकी छन् । प्रियंकाले केही समयअघि मात्र आफ्नो घर बिक्री गर्ने बताएकी थिइन् । भारतीय मिडियाका अनुसार अभिनेत्री ज्याकलिनले मुम्बईको जुहुस्थित प्रियंकाको पुरानो घर खरिद गरेकी हुन् ।
समाचारमा बताइएअनुसार ज्याकलिनले उक्त घर ७ करोड भारुमा किनेकी हुन् । उनी उक्त घरमा सरिसकेकी बताइएको छ । यसअघि ज्याकलिन मुम्बइको बान्ड्रास्थित एक फ्ल्याटमा भाडामा बस्दै आएकी थिइन् ।
अभिनेत्री प्रियंका र अमेरिकन गायक निक जोनासबीच विवाह हुँदा उक्त उनीहरुको पारिवारिक पार्टी आयोजना गरिएको थियो । हाल प्रियंका र निक क्यालिफोर्नियामा बस्दै आएका छन् । उनीहरुले त्यहाँ करिब २ करोड अमेरिकी डलरमा घर किनेका छन् ।

प्रतिक्रिया