तस्बिरमा हेर्नुस् नेकपा ओली पक्षको जनसभा
अखबार टुडे
प्रकाशित:
२०७७, २३ माघ


काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले शुक्रबार काठमाडौंमा बाग्मती प्रदेश स्तरिय जनसभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नारायणहीटी दरबार अगाडि जनसभा आयोजना गरेर आफ्नो शक्ति देखाएका हुन् ।
सरकारले असंवैधानिक तवरले गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध नेकपा प्रचण्ड–माधव समूहले सडक आन्दोलन गरिरहेका बेला नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि काठमाडौंमा जनसभा गरेको हो । प्रधानमन्त्री ओलीले शुक्रबारको जनसभामा दुई लाख कार्यकर्ता भेला गराउने अपेक्षा गरेका थिए ।

प्रतिक्रिया